मिथिला जसलाई तिरहुत वा तिरभुक्ति को नामले समेत चिन्ने गरिन्छ, भारतको बिहार र नेपालको दक्षिणपूर्वी भागमा अवस्थित एउटा भौगोलिक र सांस्कृतिक क्षेत्र हो। यो क्षेत्र पूर्वमा महानन्दा नदी, दक्षिणमा गङ्गा नदी, पश्चिममा गण्डकी नदी र उत्तरमा हिमालयको तल्लो भागद्वारा घेरिएको छ।
मिथिला क्षेत्रको प्रमुख भाषा मैथिली हो र यो भाषा बोल्ने मानिसहरूलाई मैथिल भन्ने गरिन्छ। मिथिला नाम सामान्यतया विदेह साम्राज्यलाई उल्लेख गर्नको लागि प्रयोग गर्ने गरिन्छ र सँगै आधुनिक-कालको क्षेत्रहरू समेत विदहको प्राचीन सीमाहरू भित्र पर्दछ। १८औँ शताब्दीमा, जब मिथिला क्षेत्रलाई दरभङ्गा राजद्वारा शासित गरिएको थियो, ब्रिटिस राजले यसलाई एउटा रियासत राज्यको रूपमा पहिचान न दिइ यस क्षेत्रमाथि कब्जा गरेको थियो। हिन्दू धार्मिक ग्रन्थहरूमा सबैभन्दा पहिले यसको उल्लेख रामायणमा पाइन्छ। मिथिलाको उल्लेख महाभारत, रामायण, पुराण तथा जैन र बौद्ध ग्रन्थहरूमा समेत रहेको छ। वर्तमान समयमा मिथिला भारतको बिहार राज्यको पश्चिम चम्पारण, पूर्वी चम्पारण, शिवहर, सीतामढी, वैशाली, मुजफ्फरपुर, मधुबनी, दड़िभङ्गा, समस्तीपुर, बेगूसराय, मुङ्गेर, खगडिया, सहरसा, मधेपुरा, सुपौल, पूर्णिया, अररिया, कटिहार, किशनगञ्ज, बाँका र भागलपुर जिल्ला रहेको छ भने झारखण्ड राज्यको गोड्डा, देवघर, दुमका, साहिबगञ्ज, जामताडा आ पाकुड जिल्ला रहेको छ। त्यस्तै नेपालको नयाँ प्रशासनिक विभाजन अनुसार मधेश प्रदेश अन्तर्गत रहेको सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला तथा कोशी प्रदेश अन्तर्गत रहेको मोरङ र सुनसरी जिल्ला मिथिला क्षेत्रभित्र पर्दछ।

यो पनि हेर्नुहोस्
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2891737
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “मिथिला।” नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%BF%E0%A4%A5%E0%A4%BF%E0%A4%B2%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). मिथिला. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%BF%E0%A4%A5%E0%A4%BF%E0%A4%B2%E0%A4%BE
@misc{ne_641,
title = {मिथिला},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%BF%E0%A4%A5%E0%A4%BF%E0%A4%B2%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}