नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
कला र संस्कृति

नेपालमा आधिकारिक मान्यता प्राप्त भाषाहरू

नेपालको संविधान २०७२ले सबै मातृभाषाहरूलाई नेपालको राष्ट्रिय भाषाको मान्यता दिएको छ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ४४१ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नेपालको संविधान २०७२ले सबै मातृभाषाहरूलाई नेपालको राष्ट्रिय भाषाको मान्यता दिएको छ।

इतिहास

वि.सं. १९१० को मुलुकी ऐनको पहिलो कानूनले गोरखा भाषालाई नेपालको एक मात्र आधिकारिक कामकाजी भाषाको रूपमा मान्यता दिएको थियो। नेपाल अधिराज्यको संविधान २०१५ले नेपाली भाषालाई एक मात्र आधिकारिक र राष्ट्रिय भाषाको रूपमा मान्यता दिएको थियो। नेपालको अन्तरिम संविधान २०६३ले नेपाललाई बहुभाषी राष्ट्रको रूपमा मान्यता प्रदान गर्दै नेपालका सबै मातृभाषाहरूलाई राष्ट्रिय भाषाको दर्जा प्रदान गरेको थियो। यद्यपि, यसले नेपाली भाषालाई एक मात्र आधिकारिक भाषाको रूपमा पनि निरन्तरता दिएको थियो।

संविधान

नेपालको संविधान २०७२को धारा १ मा नेपालको भाषासम्बन्धी यी प्रावधानहरू छन्:

  • धारा ६ : नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालका राष्ट्रिय भाषाहरू हुन्।
  • धारा ७क: देवनागरी लिपिमा लेखिएको नेपाली भाषा नेपाल सरकारको कामका लागि प्रयोग गरिन्छ। (आदिवासी भाषाहरू पनि देवनागरीको प्रयोग गरेर लेख्नु पर्दछ)।
  • धारा ७ख : नेपाली भाषाका अतिरिक्त प्रदेशले सरकारी कामकाजका लागि सो प्रदेशको बहुसङ्ख्यक जनसङ्ख्याले बोल्ने एक वा एकभन्दा बढी अन्य भाषा छनौट गर्न सक्नेछ।

सङ्घीय स्तर

संवैधानिक व्यवस्था अनुसार देवनागरी लिपिमा लेखिएको नेपाली भाषा सङ्घीय तहमा आधिकारिक कामकाजको भाषा हो। नेपालको सङ्घीय संसद भित्र मातृभाषाको प्रयोगको अभ्यास गरिन्छ। प्रतिनिधि सभा नियमावली, २०७५ र राष्ट्रिय सभा नियमावली, २०७५ मा सदस्यले आफ्नो मातृभाषामा बोल्न पाउने र त्यसको अभिलेखीकरण गर्न सकिने व्यवस्था गरेको छ। वि.सं २०७४ मा, सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिएका थिए, तर उनीहरूले प्रतिनिधि सभाको पहिलो बैठकभन्दा तीन दिन अघि आवेदन दिनुपरेको थियो। त्यसैगरी शपथ ग्रहणसम्बन्धी अध्यादेश, २०७८ ले सार्वजनिक पद धारण गर्ने व्यक्तिले नेपालमा बोलिने मातृभाषामा शपथ लिन सक्ने व्यवस्था गरेको छ। कसैले पनि नेपाली बाहेक अन्य कुनै पनि भाषामा शपथ लिन भन्दा अगाडी उनीहरूले शपथको ढाँचा आफैँ नेपालीमा अनुवाद गर्नुपर्दछ र शपथ अधिकारीलाई पूर्व जानकारी दिनुपर्दछ।

प्रदेश स्तर

चौध वटा भाषालाई प्रादेशिक स्तरमा आधिकारिक दर्जाका लागि सिफारिस गरिएको थियो।

नेपालका प्रदेशहरूका आधिकारिक भाषाहरूको सूची
प्रदेश आधिकारिक भाषाहरू
कोशी प्रदेश मैथिली, लिम्बू
मधेश प्रदेश मैथिली, भोजपुरी, बज्जिका
बागमती प्रदेश तामाङ, नेवारी भाषा
गण्डकी प्रदेश मगर, गुरुङ
लुम्बिनी प्रदेश थारू, अवधि
सुदूरपश्चिम प्रदेश थारू, डोटेली
कर्णाली प्रदेश नेपाली भाषा (कर्णाली उपभाषिका), मगर

स्थानीय तह

स्थानीय तहमा सरकारी कामकाजको भाषासम्बन्धी कुनै संवैधानिक व्यवस्था छैन। तर, स्थानीय तहले आ–आफ्नो आधिकारिक भाषा निर्धारणका लागि आफ्नै पहल कदमी लिएका छन्। भाषा आयोगले आफ्नो प्रतिवेदनमा संविधानले मुलुकमा भाषिक व्यवस्था निर्धारण गर्ने अधिकार प्रदान गरेकाले स्थानीय तहमा सरकारी कामकाजको भाषा सिफारिस गरेको उल्लेख गरेको छ।

कोशी प्रदेश

कोशी प्रदेशका स्थानीय तहमा सरकारी कामकाजको भाषा
क्रम स्थानीय तह आधिकारिक भाषा(हरू)
१ चुलाचुली गाउँपालिका लिम्बू
२ हलेसी तुवाचुङ नगरपालिका चाम्लिङ, वाम्बुले, तिलुङ
३ माङसेबुङ गाउँपालिका लिम्बू
४ फाल्गुनन्द गाउँपालिका लिम्बू

बागमती प्रदेश

बागमती प्रदेशका स्थानीय तहमा सरकारी कामकाजको भाषा
क्रम स्थानीय तह आधिकारिक भाषा(हरू)
१ काठमाडौँ महानगरपालिका नेवारी
२ कीर्तिपुर नगरपालिका नेवारी
३ ललितपुर महानगरपालिका नेवारी

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका स्थानीय तहमा सरकारी कामकाजको भाषा
क्रम स्थानीय तह आधिकारिक भाषा(हरू)
१ घोराही उपमहानगरपालिका थारू

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q109373478
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपालमा आधिकारिक मान्यता प्राप्त भाषाहरू।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE_%E0%A4%86%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%95_%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%A4%E0%A4%BE_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AA%E0%A5%8D%E0%A4%A4_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82। हेरिएको: १२ नोभेम्बर २०२६।