नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
प्रकृति र वातावरण

गौरीशङ्कर हिमाल

गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।

अद्यावधिक: ७ सेप्टेम्बर २०२६ ९७ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

गौरीशङ्कर हिमाल हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। नेपालमा गौरीशङ्कर हिमाललाई पवित्र हिमालका रूपमा लिइन्छ।

अवस्थिति

गौरीशङ्कर रोल्वालिङ हिमालको पश्चिमी किनार नजिकै अवस्थित छ जुन राजधानी काठमाडौँबाट १०० किलोमिटर (६२ माइल) उत्तरपूर्वमा पर्दछ। यो काठमाडौँ र सगरमाथाको बीचमा अवस्थित छ र काठमाडौँबाट यसलाई सजिलै देख्न सकिन्छ। रोल्वालिङ हिमालको पश्चिमी सीमामा अवस्थित यस हिमालको पश्चिममा भोटे कोसी उपत्यका अवस्थित छ। यो दोलखा जिल्लामा पर्दछ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1496289
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “गौरीशङ्कर हिमाल।” नेपाली विश्वकोश, ७ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%8C%E0%A4%B0%E0%A5%80%E0%A4%B6%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%B0_%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।