नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
प्रकृति र वातावरण

रुपा ताल

रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिका(पोखरा महानगर पालिकामा गाभिएर हाल अस्तित्वमा नरहेको)को कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं. १०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ ।

अद्यावधिक: ४ सेप्टेम्बर २०२६ २४१ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिका(पोखरा महानगर पालिकामा गाभिएर हाल अस्तित्वमा नरहेको)को कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं. १०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ ।

तालको अर्थव्यवस्था

रुपा ताल पोखराको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो । यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाउन सकिन्छ । यस तालमा रुपाताल मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिएको छ । साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सर्थको परिधिमा रहेर निजि स्तरमा पनि केज(जाली) बनाएर माछा पालन पनि गरिन्छ ।

यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ, जुन नेपालको रैथाने जाती भने हैेन । यहाँ पाइने माछाहरु रहु, नैनी, भाकुर, सहर, बिग हेड, हिलेमाछा आदी हुन । पोखराका अन्य ताल भन्दा रुपालतको पानी चिसो भएकाले यहाँका माछा मिठा मानिन्छन् । पोखरामा रुपालात भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन् । ति ताल मध्य सबै भन्दा धेरै चरा पाइने यही ताल हो । चला अबलोकनार्थ सबै भन्दा सहज यही ताल रहेको छ ।

अन्य आकर्षणहरू

बेगनास ताल

रूपा बेगनास भ्यू टावर

पचभैया देउराली मन्दिर

माझी कुना

बेगनास योगा एण्ड रिट्रट

शुन्दरि डाँडा

गोरनाथ मन्दिर

पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र

बेगनास ठुलाकोट

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3451065
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “रुपा ताल।” नेपाली विश्वकोश, ४ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A5%81%E0%A4%AA%E0%A4%BE_%E0%A4%A4%E0%A4%BE%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।