अनिल अधिकारी; (२०४४ जेठ १६ - २०७३ माघ २) एक नेपाली र्यापर थिए। उनलाई नेपाली हिपहपका सबैभन्दा प्रभावशाली र्यापरहरू मध्ये एक मानिन्छ र प्रायः "नेपहपको राजा" भनेर चिनिन्छ। उनका गीतहरू साथी, आमा, आउँदैछु छु मा, यो प्रसङ्ग, अन्त्यको सुरुवत आदि लोकप्रिय छन्। उनी लोकप्रिय र्याप ब्याटल कार्यक्रम र बार्जका निर्माता र प्रस्तोता थिए।
प्रारम्भिक जीवन
यम बुद्धको जन्म २०४४ जेठ १६ गते धनकुटाको लेगुवामा राजनीतिज्ञ अम्बिकाप्रसाद अधिकारी र उर्मिला अधिकारीको कोखबाट अनिल अधिकारीको रूपमा भएको थियो। उनीहरूको परिवार बसाईँ सरेर केही वर्ष मोरङको सलाकपुरमा बसेका थिए र आफ्ना आमाबाबुसँगै पुन काठमाडौं बसाइँ सरेका थिए। करिब २ वर्ष सलकपुरमा हजुरबुवा हजुरआमासँग बस्न गएका उनले इटहरीको पाथीभरा बोर्डिङ स्कुलमा कक्षा ४ र ५ को अध्ययन गरेका थिएका थिए। उनी एक्सेलसियर स्कुल स्वयम्भूमा कक्षा ६ मा पढ्न काठमाडौँ फर्केका थिए। उनले द एक्सेलसियर स्कुलबाट प्रवेशिका र एड मार्क एकेडेमीबाट उच्च शिक्षा (१०+२) हासिल गरेका थिए।
व्यक्तिगत जीवन
यमबुद्ध सन् २००९ मा बेलायत गएका थिए। सन् २०१३ मा उनले प्रेमिका अस्मिता सेढाईसँग विवाह गरे र उनीसँगै लन्डन फर्केका थिए। २०७३ माघ २ गते उनी बाथरुममा मृत भेटिएका थिए।
एल्बमहरू
यम बुद्धका चर्चित र मुख्य एल्बमहरू निम्न अनुसार रहेका छन्।
- सरकारलाई च्यालेन्ज हो
- मेरो जुत्तामा
- साथी
- आउँदैछु म
- फुटपाथ मेरो घर
- यो प्रसङ्ग
- दिदी
- अन्त्यको सुरुवात
- नाचन
- आमा
- मलामी
- खतरा(आफ्नो निधन भन्दा तीन दिनअघि आफ्नो ट्वीटरमा नयाँ एल्बम ‘खतरा’ लिएर प्रस्तुत हुने जानकारी दिएका थिए।)
मृत्यु
उनको मृत्यु २०७३ माघ २ मा बेलायतको राजधानी लन्डन भएको थियो।
२०७३ माघ १ गते आफ्नो काम सकाएर मध्यरातमा सुत्न ओछ्यानमा गएका यम भोलिपल्ट मृत भेटिएका थिए। बिहान ६ बजे बाथरुमको ढोका बन्द भएको पाएपछि परिवारका सदस्यले साँचो खोलेर हेर्दा उनी बाथरुमको झ्यालको फलामे डण्डीमा पेटीले बाँधेर झुण्डिएको अवस्थामा भेटिएका थिए।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q17489572
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “यमबुद्ध।” नेपाली विश्वकोश, ७ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AF%E0%A4%AE%E0%A4%AC%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). यमबुद्ध. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AF%E0%A4%AE%E0%A4%AC%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7
@misc{ne_703,
title = {यमबुद्ध},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AF%E0%A4%AE%E0%A4%AC%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7}},
year = {2026},
note = {Accessed 2026-11-12}
}