नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भाषा र साहित्य

बसाइँ (उपन्यास)

बसाइँ लीलबहादुर क्षेत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो । यो पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि सम्मिलित गरिएको छ ।

अद्यावधिक: २० अप्रिल २०२६ २४९ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

बसाइँ लीलबहादुर क्षेत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो । यो पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि सम्मिलित गरिएको छ ।

पृष्ठभूमि

पुस्तक पूर्वी नेपालको एउटा नामहीन पहाडी गाउँको चित्रण गरेको छ । धनबहादुर बस्नेत आफ्नो श्रीमती, बहिनी र एक छोरासँग बस्ने गरिब किसान हुन् । पुस्तकले गाउँमा उनको सङ्घर्ष र अरूबाट कसरी धोका खाएको देखाउँछ । गरिब नेपाली जनताले रोजगारीका लागि आफ्नो घरबाट भारतमा बसाइँ सर्नु पर्ने अवस्थालाई पुस्तकले देखाएको छ ।

पात्रहरू

  • धनबहादुर बस्‍नेत 'धने', पुस्तकका मुख्य पात्र, नेपालको ग्रामीण क्षेत्रका गरिब किसान हुन् ।
  • झुमावती बस्‍नेत, धानेकी कान्छी बहिनी
  • मैना, धनेकी श्रीमती
  • धने र मैनाको छोरा
  • बुढो बैदार, साहूकार
  • रिकुटे, छिमेकी गाउँका भारतीय गोर्खा भर्ती
  • ठुली, झुमाको साथी
  • मुखिया, गाउँ प्रमुख
  • मोटे कार्की, धनेको सहयोगी साथी
  • लेउते दमाई, धाने गाउँका एक गाउँले
  • नन्दे ढकाल, गाउँले
  • लुईँटेल, एक धनी जमिन्दार
  • साने घर्ती, लुईँटेलका नोकर
  • बुधे कामी, गाउँले

समिक्षा

बसाइँ उपन्यास नेपाली साहित्यका बहुसङ्ख्यक पाठकहरू माझ अति नै प्रिय बनेका नेपाली उपन्यासहरू मध्यको एक उत्कृष्ट रचना हो । यसको प्रथम प्रकाशन २०१४ सालामा मदन पुरस्कार पुस्तकालयबाट भएको हो । लिलबहादुर क्षेत्रीको यस उपन्यासले तात्कालिन नेपाली समाजको जर्जर वर्गीय द्वन्द र आर्थिक विषमताले निम्त्याएको सङ्कटलाई प्रभावकारी ढङ्गले चित्रण गरेको छ । पूर्वी नेपालका जनाताले बोल्ने नेपाली भाषा उनीहरूले लगाउने भेषभूषा र उनीहरूले बाँचिरहेको जीवनलाई यस उपन्यासमा जीवन्त अभिव्यक्ति दिइएको छ ।

अनुवाद

माइकल हटद्वारा पुस्तकलाई अङ्ग्रेजीमा 'माउन्टेन्स पेन्टेड विद टर्मरिक' को रूपमा अनुवाद गरिएको छ ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q13183844
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “बसाइँ (उपन्यास)।” नेपाली विश्वकोश, २० अप्रिल २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AC%E0%A4%B8%E0%A4%BE%E0%A4%87%E0%A4%81_(%E0%A4%89%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8)। हेरिएको: १२ नोभेम्बर २०२६।