तरुवा वा तरुआ भारत र नेपालको मैथिल समुदायको रैथाने र लोकप्रिय परिकार हो। यो मिथिला क्षेत्रको लोकप्रिय र विशेष परिकारहरू मध्ये एक हो र यसलाई अतिथि सत्कारदेखि लिएर विशेष अवसर र चाड पर्वहरूमा बनाएर खाने गरिन्छ।
बनाउने तरिका
हरियो सागसब्जी र सागसब्जीको पातलाई विभिन्न आकारमा काटेर तरुवा बनाइने गरिन्छ। बेसन वा चामलको पिठोको हल्का पातलो झोलमा खर्सानीको धुलो र नुन मिसाएर तेलमा राताम्मे भएसम्म तारेर तरुवा बनाइन्छ।
किसिम
तरुवा हरियो सागसब्जीबाट बनाइन्छ। तरुवाको सबैभन्दा लोकप्रिय किसिम 'तिलकोरको तरुवा' हो जुन तिलकोरको पातबाट बनाइन्छ।। यसै प्रकार आलुबाट आलुको तरुवा, रामतोरियाँबाट भिन्डी तरुवा, भान्टाबाट बैगन तरुवा, फर्सीबाट कदिमा तरुवा, काउलीबाट कद्दु तरुवा, तीते करेलाबाट करेला तरुवा, कर्कलोबाट औरबी तरुवा, कुभिण्डोबाट कुमहर तरुवा, लौकाबाट लौकी तरुवा, परबरबाट परवल तरुवा र तरुलबाट खमहरूवा तरुवा बनाइने गरिन्छ।
लोकगीतमा तरुवा
बृहत् मिथिला क्षेत्रमा पर्ने भारत र नेपालको भूभागभित्र बस्ने मैथिलहरूको लोकगीतमा समेत तरुवाको बारेमा बखान गरिएको छ।
भिनभिनायत भिन्डीके तरुआ,
आगु आ ने रे मुँह जरुआ
हमरा बिनु उदास अछि थारी,
करगर तरुआ रसगर तरकारी— (मैथिली लोकगीत, मैथिली भाषामा)
मौसम अनुसारको लगभग सबै सागसब्जीबाट तरुवा बनाइने गरिन्छ। मिथिला क्षेत्रमा सबैभन्दा महत्वपूर्ण र लोकप्रिय तरुवा तिलकोरको पातबाट बनाइन्छ। तिलकोर एक प्रकारको कन्दमुल जस्तै फलको पात हो जसमा औषधीय गुण रहेको हुन्छ। अतिथि सत्कारमा यसको प्रयोग व्यापक रहेको छ। नेपालको मधेश प्रदेश तथा भारतको बिहार, झारखण्ड र पश्चिमी उत्तर प्रदेशको क्षेत्रमा तिलकोरको लहरा सजिलै पाउन सकिन्छ। तिलकोर बाहेक खमहरुवा र कोबीको तरुवासमेत यस क्षेत्रमा लोकप्रिय रहेको छ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q96407845
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “तरुवा।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A4%B0%E0%A5%81%E0%A4%B5%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). तरुवा. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A4%B0%E0%A5%81%E0%A4%B5%E0%A4%BE
@misc{ne_707,
title = {तरुवा},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A4%B0%E0%A5%81%E0%A4%B5%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}