नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
भूगोल र स्थान

जोमसोम

जोमसोम नेपालको गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक साविकको गाउँ विकास समिति तथा घरपझोङ गाउँपालिकाको वडा नम्बर ४ हो। जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वारको रूपमा रहेकाे छ। जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ। यसको क्षेत्रफल १७८.७१ वर्ग किलोमिटर रहेको छ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ २१२ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

जोमसोम नेपालको गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक साविकको गाउँ विकास समिति तथा घरपझोङ गाउँपालिकाको वडा नम्बर ४ हो। जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेशद्वारको रूपमा रहेकाे छ। जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ। यसको क्षेत्रफल १७८.७१ वर्ग किलोमिटर रहेको छ।

यसको साविकका ५-८ वडाहरू वडाहरू घरपझोङ गाउँपालिकाको वडा नम्बर ४ हो भने १-४,९ वडाहरू वडा नम्बर ५ हो।

जनसङ्ख्या

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार जोमसोमको कुल जनसङ्ख्या १,३७० मध्ये ७०२ पुरुष र ६६८ महिलाहरू ४३० व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन्।

नामाकरण

तिब्बती भाषामा जोङ्साम भन्नाले नयाँ किल्ला भन्ने जनाउँछ। त्यही शब्द अपभ्रंश भएर जोमसोम शब्द बन्न गएको हो। स्थानीय नेपाली भाषामा यसलाई झुम्सा पनि भनिन्छ।

भौगोलिक स्थिति

जोमसोम अन्नपूर्ण हिमशृङ्खलाको उत्तर पट्टी रहेको हुनाले यहाँ अत्यन्त कम मात्रामा पानी पर्दछ। उच्च हिमाली भेग भएको हुनाले दिउँसाेको समयमा उच्च बेगले हावा बहने गर्दछ।

सञ्चार तथा यातायात

जोमसोममा जोमसोम विमानस्थल रहेको छ जहाँबाट पोखरा सम्म सिधा हवाई सम्पर्क हुने गर्दछ। त्यसका साथै यहाँबाट कालीगण्डकी नदीको तीरै तीर हुँदै गोरेटो बाटोले दक्षिणमा बेनी तथा बाग्लुङ बजार सम्म यसलाई जोड्ने गर्दछ। हाल बेनीबाट जोमसोमलाई जोड्न एक सडक पनि निर्माण हुँदै छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1702717
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “जोमसोम।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A5%8B%E0%A4%AE%E0%A4%B8%E0%A5%8B%E0%A4%AE। हेरिएको: १२ नोभेम्बर २०२६।