नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

गोपाल गुरुङ

गोपाल गुरुङ (सन् १९३९–२०१६) एक नेपाली चिन्तक, लेखक, पत्रकार, शिक्षक, राजनीतिज्ञ हुन । नेपाली साप्ताहिक न्यूलाइट र अंग्रेजी साप्ताहिक थन्डरबोल्टका प्रधान सम्पादक, नेपाल पत्रकार सङ्घको केन्द्रीय समितिका पूर्व सदस्य, विश्व नेपाली सङ्घको पूर्व महामन्त्री र नेपालका लागि अखिल भारतीय प्रेस काउन्सिलका अध्यक्षका साथै प्रेस फाउण्डेसन अफ एसिया (पिएफए), मनिला, फिलिपिन्सका लागि सल्लाहकार र संयोजक थिए । नेपाली राजनीतिमा गुरुङलाई बर्णभेद जातिभेद विरुद्धका लेखक भनेर चिनिन्छन । सन् १९७२ देखि नेपाली समाचारपत्र 'न्यू लाइट'मा हिन्दु राष्ट्र विरुद्ध र राजाहरूको विरोधमा लेख्न शुरू गरेका थिए ।

अद्यावधिक: ३१ अक्टोबर २०२६ २१५ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

गोपाल गुरुङ (सन् १९३९–२०१६) एक नेपाली चिन्तक, लेखक, पत्रकार, शिक्षक, राजनीतिज्ञ हुन । नेपाली साप्ताहिक न्यूलाइट र अंग्रेजी साप्ताहिक थन्डरबोल्टका प्रधान सम्पादक, नेपाल पत्रकार सङ्घको केन्द्रीय समितिका पूर्व सदस्य, विश्व नेपाली सङ्घको पूर्व महामन्त्री र नेपालका लागि अखिल भारतीय प्रेस काउन्सिलका अध्यक्षका साथै प्रेस फाउण्डेसन अफ एसिया (पिएफए), मनिला, फिलिपिन्सका लागि सल्लाहकार र संयोजक थिए । नेपाली राजनीतिमा गुरुङलाई बर्णभेद जातिभेद विरुद्धका लेखक भनेर चिनिन्छन । सन् १९७२ देखि नेपाली समाचारपत्र 'न्यू लाइट'मा हिन्दु राष्ट्र विरुद्ध र राजाहरूको विरोधमा लेख्न शुरू गरेका थिए ।

सन् १९८५ मा पहिलो पटक नेपाल राजनीतिमा अदेखा सचाइ प्रकाशित भएको थियो । यस पुस्तकको दोस्रो संस्करण १९८८ मा प्रकाशित भएपछि पञ्चायत सरकारले अगस्ट ३०, १९८८ मा पक्राउ गरेको थियो । राजगद्धी ताकेको र साम्प्रदायिक फैलाएका गुरुङलाई तीन वर्षको लागि भद्रगोल केन्द्रीय कारागारमा पठाइयो । जनवरी १ १९८९ मा मंगोल नेशनल अर्गनाइजेशन को झण्डा र घोषणापत्र जेलभित्र तयार गरेका थिए । गुरुङलाई अप्रिल १३, १९९० मा रिहा गरिएको थियो ।

पुनः ‘अस्तित्वको खोज मंगोलको र एमएनओमा पिएचडी–डक्टरेट’ २००१ मा प्रकाशित भएपछि।

सन् १९७२ देखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षको वकालत गर्न सुरु गरेका गुरुङले डिसेम्बर १५, १९९५ मा राजा बिरेन्द्रलाई मानव अधिकार हनन, राजनैतिक संकटको सृजना र मुलुक गृहयुद्ध उन्मुख भएको ध्यानाकर्षण गराउदै राजा पदबाट राजिनामा दिएर आजीवन आलङ्कारिक राजा अथवा राष्ट्रपति बनिदिन आग्रह सहित ६ बुँद्दे पत्र पठाएका थिए ।

Reference

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q24844441
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “गोपाल गुरुङ।” नेपाली विश्वकोश, ३१ अक्टोबर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%97%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%97%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%99। हेरिएको: १२ नोभेम्बर २०२६।