नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

खस राज्य

खस मल्ल राज्य , खस राज्य वा खस साम्राज्य को नामले प्रसिद्ध छ, नेपालको पश्चिमी भाग, तिब्बतको पश्चिमी भाग तथा भारतीय उत्तराखण्डको पूर्वी भागमा मध्यकालीन राज्य थियो। भारतको खजुराहोमा रहेको ई. सं. ९५४ को एक अभिलेखले खस राज्यको अस्तित्व बङ्गालको गौड राज्य र उत्तर भारतको गुर्जर प्रतिहार वंश समान भएको बताउँछ।

अद्यावधिक: ३ सेप्टेम्बर २०२६ ५९० शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

खस मल्ल राज्य , खस राज्य वा खस साम्राज्य को नामले प्रसिद्ध छ, नेपालको पश्चिमी भाग, तिब्बतको पश्चिमी भाग तथा भारतीय उत्तराखण्डको पूर्वी भागमा मध्यकालीन राज्य थियो। भारतको खजुराहोमा रहेको ई. सं. ९५४ को एक अभिलेखले खस राज्यको अस्तित्व बङ्गालको गौड राज्य र उत्तर भारतको गुर्जर प्रतिहार वंश समान भएको बताउँछ।

सिञ्जा उपत्यकामा ई.सा. को १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। सिञ्जा उपत्यका खस मल्लहरूको राजधानी थियो। ई.सा. को १२ औँ शताब्दी देखि ई.सा. को १४ औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिञ्जामा भएको थियो।

केन्द्रीय राज्य कमजोर भएपछि विशाल नेपालका विषयपतिहरूले सामन्तको रूपमा शक्ति संचय गदै यो अधिकारलाई आफ्नो पैत्रिक अधिकार सम्झी आ-आफ्नो नाममा राज्य खडा गदै गएपछि नेपाल टुक्रिन थालेको हो। वि. सं. १२०७ (ई. ११५०) तिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशको सिंजालाई राजधानी बनाएर खस राज्य खडा गरेको तथ्य पाईन्छ। यो राज्य पूर्वमा नुवाकोट पश्चिममा कुमाउ गढवाल उत्तरमा तिब्बत र दक्षिणमा कपिलवस्तु सहित तराईका धेरै भू-भागसम्म फैलिएको थियो। यस राज्यमा नागराजापछि चाप चापिल्ल क्राशिचल्ल क्राधिचल्ल क्राचल्ल अशोक चल्ल जितारी मल्ल रिपुमल्ल आदित्य मल्ल कल्याण मल्ल प्रताप मल्ल पुण्यमल्ल पृथ्वीमल्ल र अभय मल्ल राजा भएका थिए। नागराजका सन्तान अशोक चल्लपछि जितारी मल्लले चल्लको सट्टा मल्ल लेख्न थालेका हुन्।

खस राज्यको अस्तित्व करिब २२६ वर्षसम्म रहेको थियो। अभय मल्लपछि राज्यको शासन अधिकार सामन्तहरूले लिएपछि खस राज्यको अन्त भएको पाईन्छ। पछि यही राज्यमा बाईसी राज्य खडा भएको पाईन्छ। राजा नागराजका वंशजहरूले -इल्ल र -चल्ल जस्ता उपाधि लिएका थिए: राजा चापिल्ल तथा क्राचल्लका चल्ल र मल्ल राजा र राजकुमारहरूको उपाधि थियो। मलायवर्मा, मेदिनीवर्मा, संसारीवर्मा, बलिराज, आदि व्यक्तित्वहरूको राउला/रावल उपाधि थियो। मण्डलेश्वर खस राज्य का शक्तिशाली व्यक्तिहरूको पद थियो। राजकुमार, वरिष्ठ अधिकारी तथा पराजित राजाहरूलाई मण्डलेश्वर पदमा नियुक्त गरिन्थ्यो। राजा पुण्य मल्ल तथा पृथ्वी मल्लका पालामा हिन्दू परम्पराको दृढ अनुसरण हुन्थ्यो।

शासक

जिउसिप्पे टुच्चीका अनुसार खस मल्ल वंशमा निम्न राजाहरू थिए::

अन्य स्रोतका अनुसार:

  • अभय मल्ल (१४ औँ शताब्दी){१४औं शताब्दीमा नेपालमा मल्ल वंश नै प्रमुख थियो।sfn|Pradhan|2012|p=21}}

तिब्बती सूची

The list of rulers of Khasa (Tibetan:Ya rtse) Kingdom established by the Tibetologists Luciano Petech, Roberto Vitali and Giuseppe Tucci are:

  • Naga lde (Nepali: Nāgarāja) (early 12th century)
  • bTsan phyug lde (Nepali: Cāpilla) (mid-12th century)
  • bKra shis lde (Nepali: Krāśicalla) (12th century)
  • Grags btsan lde (Nepali: Krādhicalla) (12th century) brother of bTsan phyug lde)
  • Grags pa lde (Nepali: Krācalla) (fl. 1225)
  • A sog lde (Nepali: Aśokcalla) (fl. 1255–78) son
  • 'Ji dar sMal (Nepali: Jitārimalla) (fl. 1287–93) son
  • A nan sMal (Nepali: Ānandamalla) (late 13th century) brother
  • Ri'u sMal (Nepali: Ripumalla) (fl. 1312–14) son
  • San gha sMal (Nepali: Saṃgrāmamalla) (early 14th century) son
  • A jid smal (Nepali: Ādityamalla) (1321–28) son of Jitari Malla
  • Ka lan smal (Nepali: Kalyāṇamalla) (14th century)
  • Par t'ab smal (Nepali: Pratāpamalla) (14th century)
  • Pu ni sMal/Puṇya rMal/bSod nams (Nepali: Puṇyamalla) (fl. 1336–39) of Purang royalty (another Khas family)
  • sPri ti sMal/Pra ti rmal (Nepali: Pṛthvīmalla) (fl. 1354–58) son

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q11980573
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “खस राज्य।” नेपाली विश्वकोश, ३ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%96%E0%A4%B8_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।