नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
कृष्णबहादुर महरा
कृष्णबहादुर महरा 'अमरसिंह' नेपालको सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी थुनामा बसेर जबर्जस्ती करणी प्रयासको मुद्दाको प्रतिरक्षा गरिरहेका थिए भने अदालतले उनलाई सफाई दिएको थियो।
-
झलनाथ खनाल
झलनाथ खनाल (जन्म: वि. सं. २००६ चैत ६) एक नेपाली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री हुन्। उनी वि. सं. २०६७ माघ २३ देखि वि. सं. २०६८ भदौ ११ सम्म नेपालको ३५औँ प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्व अध्यक्ष तथा संविधान…
-
बडिमालिका मन्दिर
पृष्ठभूमि बडीमालिका विश्वका प्रमुख हिन्दु मन्दिरहरूमध्येको एक प्रशिद्ध मन्दिर हो । यो मन्दिर नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा वडा नं. ६ पन्धारामा पर्दछ । यहाँ प्रत्येक वर्ष साउन शुक्ल त्रयोदशी देखि चतुर्दशीका दिन मुख्य पूजा…
-
कीर्तीनिधि विष्ट
कीर्तिनिधि बिष्ट (१५ जनवरी १९२७ - ११ नोभेम्बर २०१७) पञ्चायती व्यवस्थाका प्रधानमन्त्री थिए । राजा ज्ञानेन्द्रले बि. सं. २०६१ माघ १९ मा शासन सत्ता लिए पछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए।
-
राजेन्द्र वीरविक्रम शाह
गीर्वाणयुद्ध विक्रम शाहको जेठ सुपुत्रका रूपमा वि.सं. १८७० मा जन्मेका श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३ मा नेपालका राजा भए। यिनको पालामा सत्ता प्राप्तिका लागि सङ्घर्षको स्थिती चरम उत्कर्षमा पुगेको थियो। यिनकै पालामा भिमसेन थापाले आत्महत्या…
-
योगमाया न्यौपाने
योगमाया न्यौपाने (वि.सं. १९२४ - वि.सं. १९९८) पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिएकी एक नेपाली धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्री थिइन्। एक आन्दोलनकर्ताको रूपमा उनले समाजका विकृतिहरूलाई परास्त गर्नमैै आफ्नो जीवन लगाएकी थिइन्। योगमाया नेपाली साहित्यमा…
-
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको एक नेपाली राजनीतिक दल हो। यो वि.सं २०७१ सालमा, मोहन वैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नामक दलको विघटन भई बनेको थियो।
-
जयपृथ्वीबहादुर सिंह
जयपृथ्वीबहादुर सिंह एक बझाङ्गी राजा थिए। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि…
-
जुद्ध शमशेर जङ्गबहादुर राणा
जुद्धशमशेर जंगबहादुर राणा (१९३२ बैशाख ०७ - २००९ मंसिर ०८) नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री थिए। उनी जंगबहादुरको भाइ धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भीम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७ मा नेपालको श्री ३ महाराज बनेका जुद्ध शमशेर वि.सं. २००२ मंसिर…
-
किराँत काल
किराँत काल नेपालको इतिहासको एक काल खण्ड हो, जुन समयमा नेपालमा किराँतीहरूले शासन गर्दथे। प्रथम किराँती राजा यलम्बरले किराँत अधिराज्यको स्थापना गरेका थिए। काठमाडौँ उपत्यकामा पाइएका नियोलिथिक उपकरणहरूबाट यो थाहा पाइन्छ कि नेपालमा मानिसको बसोबास कम्तिमा…
-
विसं २०७२ को महाभूकम्प
वि.सं. २०७२ को महाभूकम्प वि.सं. २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार पूर्वाह्न ११:५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो। विसं १९९० को…
-
नेपाल अङ्ग्रेज युद्ध
नेपाल अङ्ग्रेज युद्ध (वि.सं. १८ कात्तिक १८७१ – २४ फागुन १८७२) नेपाल अधिराज्यको गोर्खाली सेना र इस्ट इन्डिया कम्पनीका ब्रिटिस सेनाहरू बीच लडिएको थियो। दुवै पक्षले भारतीय उपमहाद्वीपको पहाडी उत्तरको लागि महत्वाकांक्षी विस्तार योजनाहरू थिएँ। वि.सं. १८७२ मा भएको…
-
अतृप्ति (उपन्यास)
अतृप्ति (उपन्यास) मन्जु विमलीद्वारा लेखिएको र पैरबि बुक हाउस प्रा.लि.ले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । साहित्कार मन्जु विमलीको यो तेस्रो कृति हो । उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको छ भने मानिस कमजोरी सहितको विषयवस्तु उपन्यासमा प्रस्तुत…
-
बिन्ध्यवासिनी मन्दिर
विन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो। यो हिन्दू मन्दिर पोखराको वडा नं २, मिरुवामा अवस्थित छ। यो मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीय वासी, देशभरका नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको छ। यो मन्दिरको मूल देवी…
-
सहिद स्मारक ए-डिभिजन लिग
सहिद स्मारक ए-डिभिजन लिग (पहिला काठमाडौँ लिग च्याम्पियनसिप) नेपालको सर्वाधिक ठूलो र स्तरीय फुटबल लिग हो र अखिल नेपाल फुटबल सङ्घको शीर्ष बिभाजन मध्य एक हो जुन प्रत्येक वर्षमा नेपालको उत्कृष्ट फुटबल क्लबहरू बिच प्रतिस्पर्धात्मक रूपमा सञ्चालन हुने गर्दछ। जसको…
-
उपल्लो मुस्ताङ
उपल्लो मुस्ताङ (पहिले लो राज्यको रूपमा परिचित) नेपालमा अवस्थित मुस्ताङ जिल्लाको माथिल्लो भाग (उत्तरी क्षेत्र) हो। उपल्लो मुस्ताङ सन् १९९२ सम्म एक प्रतिबन्धित राज्य थियो जसले यसलाई विश्वको सबैभन्दा संरक्षित क्षेत्रहरू मध्ये एक बनाएको थियो। बहुसङ्ख्यक…
-
चाडपर्व
चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा जलगलवल विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने…
-
साउने सङ्क्रान्ति
विक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट सङ्क्रान्ति' पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशि लाई…
-
रातो मच्छिन्द्रनाथको रथयात्रा
करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्त्वपूर्ण…
-
कुशे औँसी
कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो। कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी…
-
माझी जाति
माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो । माझी जाति छुट्टै भाषा, धर्म, संस्कार–संस्कृति, परम्परा भएका आदिवासि जनजाति हुन् । माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने,…
-
कुकुर तिहार
कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस…
-
सोनाम ल्होसार
सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पात्रो छैन । औपचारिक…
-
नेपाली साङ्केतिक भाषा
नेपाली सांकेतिक भाषा (अथवा नेपाली साँकेतिक भाषा, अङ्ग्रेजी : Nepali Sign Language) नेपालको राष्ट्रिय सांकेतिक भाषा हो।