
सूर्य बहादुर थापा (वि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा प्रधानमन्त्री भएका थिए। धनकुटा जिल्लाको मुगा गा. बि. स. मा जन्मेका उनी लामिछाने थापा हुन्। उनी काठमाडौंको मालीगाउँमा बस्दथे।

बि. सं. २०१५ सालमा राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भएपछि गठीत सल्लाहकार सभामा सूर्यबहादुर थापा अध्यक्ष भएका थिए। बि. सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए। पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। बि. सं. २०३६ सालको जनमत सङ्ग्रह अघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए। बि. सं. २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीय रूपले उनी पराजित भए। प्रजातन्त्र पुनर्स्थापना पछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री भएका थिए। छर-छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञ मध्ये एक मानिन्छन्। उनी जीवन भर नै राजनितीमा निकै सकि्य थिए।
बाह्यलिङ्कहरू
- राजकीय सम्मानका साथ थापाको अन्त्येष्टी-सेतोपाटी अनलाईन खबर अभिलेखिकरण २०१५-०४-१९ वेब्याक मेसिन
- दिवंगत पूर्वप्रधानमन्त्री थापाको अन्तिम बिदाइ-अनलाईन खबर
- अलबिदा सूर्यबहादुर !-रातोपाटि अनलाईन खबर
- सूर्यबहादुर थापासँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
यो पनि हेर्नुहोला
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q983444
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “सूर्यबहादुर थापा।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). सूर्यबहादुर थापा. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE
@misc{ne_472,
title = {सूर्यबहादुर थापा},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
