नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

रणबहादुर शाह

रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछि रण बहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गरे। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्ने स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभएका, अदूरदर्शी भनी टिप्पणी गरेका छन्। तर जीवनको उत्तरार्द्धमा यिनमा राजनीतिक व्यवहार विकसित भएको थियो। १८६३ साल वैशाख महिनामा आफ्नै सहोदर भा

अद्यावधिक: ६ नोभेम्बर २०२६ १,०१८ शब्द · ६ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछि रण बहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गरे। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्ने स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभएका, अदूरदर्शी भनी टिप्पणी गरेका छन्। तर जीवनको उत्तरार्द्धमा यिनमा राजनीतिक व्यवहार विकसित भएको थियो। १८६३ साल वैशाख महिनामा आफ्नै सहोदर भाइ शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो।

नेपालको इतिहासमा बढ्ता भूल गर्ने राजा रणबहादुर शाह नै मानिन्छन् । उनको कार्यकालमा नेपालले लामो समयसम्म पीडा भोग्नुपर्यो । परराष्ट्र सम्बन्धको सन्तुलन बिग्रन गयो, नेपालको निर्माण गर्ने वीरहरूले कुनै सारपूर्ण कामबिना ज्यान गुमाउनु परेको थियो ।

जीवन

बडा महाराजाधिराज पृथ्वीनारायण शाहका नाती तथा राजा प्रताप सिँह शाहका छोरा राजा रणबहादुर शाह सानैमा नेपालको राजा भएका थिए भने अत्यन्तै सन्की स्वभावका थिए।

राजेन्द्र लक्ष्मीको नायवी

यिनको बाल्यकालमा यिनकी माता रानी राजेन्द्र लक्ष्मीले यिनको नायबी ग्रहण गरी पश्चिममा तनहू, लम्जुङ तथा कास्कीको एकिकरण अभियान सञ्चालन गरेकी थिइन।

बहादुर शाहको नायवी

रणबहादुर शाहको तस्बार
रणबहादुर शाहको तस्बार

रानी राजेन्द्रलक्ष्मीको देहान्त पछि रणबहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गर्दै नेपालको एकिकरण अगाडि बढाए। राजकुमार बहादुर शाहले पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यका राजाकी बहिनी सँग वैवाहिक संबन्ध बनाइ पश्चिम पर्वत देखि गुल्मी, अर्घा, खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउँ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए। नेपाल एकिकरणको अभियानमा बहादुर शाहको नेतृत्वकाललाई स्वर्ण काल मानिन्छ। वि.सं १८४९ मा नेपाल –तिब्बत /चीन युद्ध भयो।

पछि बहदुर शाह जस्ता वीर र सुझबुझ पूर्ण नेतृत्व क्षमता भएका राजकुमारको रण बहादुर शाहको लहडबाजीमा जेलमा हाली मृत्यु गराइयो।

स्वतन्त्र राजा रणबहादुर

बहादुर शाहको हत्या पछि शासन आफ्नो हातमा लिएका रणबहादुरले शासन गर्न जानेनन् । उनी चञ्चल मतिका थिए।

गद्दीत्याग

उनले कान्तिमति तर्फबाट जन्मने छोरालाई राजा बनाउने बाचा गरेर कान्तिमतिसँग विवाह गरेका थिए। रणबहादुर शाहले विवाहको विभिन्न रूपमा विरोध हुन थाल्यो । त्यस बतखका व्राद्वाण ज्योतिषीहरूले राजा र कान्तिवतीको बिहेमा भविध्यवाणी गर्ने थाले कि-यो अनैतिक सम्बन्ध घेर दिन टिक्ने छैन तथा राजा र रानीमध्ये एकको शीघ्र मत्यु हुनेछ।” साथै गीबौणयुद्धविक्रमको मत्यु पनि हल्ला मचाउन थाले । अनि भारादारहरूले यस विरोधमा राजनैतिक दाउ रच्न थाले तथा राजालाई राज्य-त्याग गन जोड गने थाले।

कान्तिमतिबाटै गीर्वाणयुद्ध को जन्म भयो। कान्तिमतिलाई त्यतिबेला बिफर रोगले समात्यो। उनले आफू जीवित छँदै आफ्नो छोरा गीर्वाणलाई राजा बनाउन जोड दिन थालिन्। सो कामको लागि पाल्पाका राजा पृथ्वीपाल सेनलाई काठमाडौं बोलाई गीर्वाणयुद्धको राज्याभिषेक गराए। जेठा छोरा रणोद्योत शाह हुँदाहुँदै वि.सं. १८५५ माघ सुदि १५ रोज ४ मा त्यस विषयको ताम्रपत्रमा ९४ जना प्रतिष्ठित भारदारहरूको सही गराएर रणबहादुर शाहले राजपाट त्यागे। छोरा गीर्वाणयुद्ध विक्रमलाई राजा बनाई जोगी बनेर हिंडे । जोगी बने पनि यिनी राजनीतिबाट अलग हुन् सकेनन् ।

रानी कान्तिमतिको स्वास्थ्य अवस्था बिग्रदै गएकाले उपचारार्थ देवीदेवताको भाकल, दान, स्वस्तिशान्ती गराउन थालियो। त्यसैबेला कान्तिमतिलाई शीतला (बिफर) रोगले आक्रान्त पार्यो। त्यो रोगलाई निको पार्न विभिन्न भाकल गरि देवदेवीको पूजामा बढी समय र खर्च लाग्न थाल्यो।

बनारस निर्वासन

वि. सं. १८५६ को कार्तिकमा कान्तिमतीको मृत्यु भएपछि शोकले विव्हल भएका रणबहादुर शाहको होशहवाश ठेगानमा रहेन। कान्तिमतीको ओखती गर्ने वैद्यहरूमध्ये कसैको घरमा आगो लाइदिई तिनको हात कोलमा किचाउने काम रणबहादुर शाहले गराए । केही वैद्यलाई रणबहादुरले मार्न पनि लगाए । कान्तिमतीलाई निको होस् भनी पूजाआजा गरिएका देवताहरूको पनि रणबहादुर शाहले ठूलो अपमान गरे

स्वामी महाराज रणबहादुरका यी कामले भारादार र दुनियाँहरूको मनमा निकै खलबली मच्चियो । यसो हुँदा स्वामी महाराजको नजीकमा बसी शासन नचल्ने देखी मारादारहरूले राजा गीर्वाणयुद्धविक्रमलाई नुवाकोट लगी राजधानी नै नुवाकोटमा सारिदिए । यस कामले गर्दा रणबहादुर शाहको रिस हुनसम्म बढ्न गयो । यस्तैमा हजुरलाई थुन्न भारादारहरू सल्लाह गरिरहेछन् भनी बलभद्र शाहले स्वामी महाराजलाई कुरा लाइदिए । यस कुराले उनको रिसमा घिउ थपे जस्तो भयो । यसैले स्वामी महाराजले आफ्ना अनुयायी भारादारहरूको सहायताले नुवाकोटमा हमला गर्ने विचार गरे । म फेरि राजा भएँ भन्ने घोषणा गरी उनले पुलचोक र पकनाजोलमा किल्ला बनाउन लाए; ठाउँठाउँमा रहेको फौजलाई पनि आफ्नो पक्षमा मिल्न आउनु भन्ने पुर्जी पठाए । यसपछि नुवाकोटमा बसेका भारादारहरूले यो आक्रमण हुन नपाओस् भनी सैन्य नभ‌कियोस् भन्ने उद्योग गरे । यसपछि ठाउँठाउँमा रहेको फौजलाई पनि बाटुलो भई रहनाको लागि आदेश दिइयो । यसरी भारादारहरूले आक्रमणको प्रतिरोध गर्न उचित व्यवस्था गरेको देखेर आफ्नो बल कम देखी रणबहादुर शाह वि. सं. १८५७ जेठ ८ गते काशीतिर हिंडे ।

मुख्तियार

बनारसबाट फर्केर रणबहादुर शाहले उनले आफूलाई बनारसमै कैद गर्न खोज्ने दामोदर पाण्डे लगायतको हत्या गरे। आफूलाई छोरा राजा गीर्वाणयुद्ध विक्रमको मुख्तियार घोषित गरेर राजपाट चलाउन थाले।

बि.सं १८६२ फागुन १७ गते रणबहादुर शाहले राजा गीर्वाणयुद्धविक्रम शाहको लालमोहर लगाई विधिपूर्वक मुख्तियार वा राजप्रतिनिधिकको पदभार ग्रहण गरे। बनारस बाट फर्किएको दुई वर्षसम्म सर्वाधिकार सम्पन्न भएर पनि औपचारिक रुपमा कुनै पद पनि ग्रहण नगरी राज्य सत्ता बाट बाहिरै रहिरहेका रणबहादुर शाहलाई अहिले औपचारिक रुपमा मुख्तियारको पदभार ग्रहण गर्न प्रेरित गरियो। सर्दार भीमसेन थापा र अन्य सल्लाहकारहरूको सहायताबाट नेपाल आएर शासन संचालनको भार आफ्नो हातमा लिएपछि रणबहादुर शाह आफै मुख्तियार भएका थिए। तत्कालीन महाराजाधिराज आफ्ना बाबु (रणबहादुर शाह) लाई देशको मुख्तियारी सुम्पे भनी जारी गरेको लालमोहरले यस कुरालाई प्रमाणित गद्छ।

यस बेलादेखि संवत्‌ १८६३ साल वेशाखमा उनका भाइ चौ० शेरबहादुर शाहले तरवारले हानी हत्या नगरेसम्म रणबहादुर शाहले मुख्तियार भइ शासन संचालन गरे। मुख्तियार भएर कार्य संचालन गर्दौ उनले फौजी संगठन निमित्त भनेए ब्राह्लण र देव, देवताको गुठी विर्ताहरण, किपट हरण गरे। यसबाट उनी फेरि एक पटक व्राह्मण वर्गको बीचमा अप्रिय हुन थाले ।

रानीहरु

रणबहादुर शाहका पाँच जना रानीहरु थिए । जेठी पत्नी राजराजेश्वरी, माइली पत्नी सुवर्णप्रभा, साइँली पत्नी कान्तिमति, काइँली पत्नी चन्द्रवती र कान्छी पत्नी ललितत्रिपुरसुन्दरी । ब्राह्मणकि छोरी कान्तिमति प्रती यिनको बढी प्रेम भएकोले यिनकै इच्छा अनुसार वि.सं. १८५५ आश्विन १९ गते गिर्वाणयुद्द विक्रम शाहलाई राजा घोषित गरी आफू धर्मकर्मतिर लागे ।

मृत्यु

१८६३ वैशाख १४ गते शुक्ल सप्तमी बिहीबारका दिन रातको १० बजे आर्थिक हिनामिना गरेको विषयमा भारदारी कचहरी त्रिभुवन खवासको घरमा राती बसेको थियो । रणबहादुरले दोषी देखिएका त्रिभुवन खवासलाई काट्न र आफ्नै भाइ शेरबहादुर शाहको आँखा फोर्न आदेश दिए । रिसको झोकमा रणबहादुर शाह उनकै भाइ शेरबहादुर शाहबाट काटिए भने शेरबहादुर शाहलाई तत्कालै रणबहादुर शाहका अंगरक्षक बम शाह र काजी बालनरसिंह कुँवरले ढाले र घिच्रो रेटे। त्यसै बेला भीमसेन थापा भात खाएर आइपुगे।

रणबहादुर शाहको लाससँगै १४ जना र पछि २ जना सती गए ।

निर्माण

उनले टुँडिखेल नजिकै जगन्नाथ मन्दिर निर्माण गरे ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2714575
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “रणबहादुर शाह।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%A3%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9। हेरिएको: १२ नोभेम्बर २०२६।