नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

भीम शमशेर जङ्गबहादुर राणा

भीम शमशेर जङ्गबहादुर राणा (वि.सं १९२२ बैशाख ०५-वि.सं १९८९ भाद्र १७) राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दीपसिंहको हत्यामा उनी पनि संलग्न थिए। खड्गशमशेर, भीम शमशेर र डम्बर शमशेरले रणोद्दीपसिंह माथी गोली प्रहार गर्‍का थिए।

अद्यावधिक: ७ सेप्टेम्बर २०२६ ४१७ शब्द · २ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

भीम शमशेर जङ्गबहादुर राणा (वि.सं १९२२ बैशाख ०५-वि.सं १९८९ भाद्र १७) राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दीपसिंहको हत्यामा उनी पनि संलग्न थिए। खड्गशमशेर, भीम शमशेर र डम्बर शमशेरले रणोद्दीपसिंह माथी गोली प्रहार गर्‍का थिए। यिनी थोरै समयमा धेरै शोषण गर्ने शासक हुन्। २९ वर्ष अवधि सम्म प्रधान सेनापति रहेका यिनीलाई बुढा महाराज पनि भनिन्छ।

लाइब्रेरी पर्व

लाइब्रेरी पर्वले भीमशमशेरको अनुदार छवि प्रस्तुत गर्छ। खास गरी उनले सार्वजनिक सूचना जारी गरी जनहितका निमित्त सुझाव मागेकामा लक्ष्मीप्रसाद देवकोटा लगायत ४० जनाले नेपालमा सार्वजनिक पुस्तकालय खोल्न पाउनुपर्ने माग राखे। सार्वजनिक पुस्तकालय खोल्छु भन्नेलाई उनले जेलमा कोचे। यस्तो धोखाधडीका कारण पनि उनी इतिहासमा बदनाम छन्।

प्रचण्ड गोरखापर्व

भीमशमशेरको प्रधानमन्त्रीकालको दोस्रो वर्षमा राणा शासनका विरुद्ध ठूलो षड्यन्त्र भयो, जसलाई प्रचण्ड गोरखापर्व भनिन्छ । प्रचण्ड गोरखाको उद्देश्य नेपालबाट राणाशासन खत्तम गर्ने थियो । श्री ५ राजेन्द्रका वंशका लक्ष्मण राजाले यस षड्यन्त्रको पोल भीमशमशेरलाई खोलिदिएकाले यसमा सहभागी खण्डमानसिंह बस्न्यात , मैनाबहादुर लगायत सबै गिरफ्तार भए ।

मृत्यु

भीमशमशेरको निधन सन् १९३२ सेप्टेम्बर १ (१९८९ भदौ १७) को बेलुकी ९ बजेर ५ मिनेटमा भएको थियो। उनको निधन पित्तथैली सुन्निने कारणबाट भएको हो। नेपालमा उनको निधन शूलबाट भएको भनिन्छ। उनका नातिहरू सुवर्ण र महावीरशमशेरले त चन्द्रशमशेरका पाँच भाइ छोराले धनको बलमा उपचारमा संलग्न डाक्टरमार्फत षड्यन्त्र गरेको भनी मान्छन् भनेर पनि लेखिएको छ।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1132119
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “भीम शमशेर जङ्गबहादुर राणा।” नेपाली विश्वकोश, ७ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AD%E0%A5%80%E0%A4%AE_%E0%A4%B6%E0%A4%AE%E0%A4%B6%E0%A5%87%E0%A4%B0_%E0%A4%9C%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%AC%E0%A4%B9%E0%A4%BE%E0%A4%A6%E0%A5%81%E0%A4%B0_%E0%A4%B0%E0%A4%BE%E0%A4%A3%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।