नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

पुष्कर शाह

चौतारीया पुष्कर शाह नेपालको पाँचौं प्रधानमन्त्री हुन्। यिनी वि.सं. १९९५ देखि १९९६ सम्म करिव १ वर्षसम्म नेपालको प्रधानमन्त्री रहे।

अद्यावधिक: ६ सेप्टेम्बर २०२६ ६२३ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

चौतारीया पुष्कर शाह नेपालको पाँचौं प्रधानमन्त्री हुन्। यिनी वि.सं. १९९५ देखि १९९६ सम्म करिव १ वर्षसम्म नेपालको प्रधानमन्त्री रहे।

सुरुवाती जीवन

पुष्कर शाह १६ अगस्त १७८४ मा काठमांडौमा शाह वंशको सहायक शाखामा जन्मिएका थिए। उसले प्रशासन, सैनिक रणनीति, र कूटनीतिमा निजी शिक्षा प्राप्त गर्यो, जसले उनलाई उच्च पदको तयारी गर्यो। उनको पारिवारिक सम्बन्धले उनलाई शाही दरबार भित्र प्रभावशाली पदमा पहुँच दिन सक्यो।

डोटीको बडाहाकिम

उनी १८८८ देखि १८९४ सम्म डोटीको बडाहाकिम थिए।

चीनको लागि कुटनैतिक मण्डल

सन् १८३७ मा, पुष्कर शाहले छिङ सम्राट दाओगुआङको नेतृत्वमा चीनमा दशौं पञ्चवर्षीय नेपाली कुटनैतिक मण्डलको नेतृत्व गरे। मिसनको उद्देश्य नेपाल-चीन कूटनीतिक सम्बन्धलाई पुन: नवीकरण गर्नु, व्यापारिक मामिलाहरूमा वार्ता गर्नु र दक्षिण एसियामा ब्रिटिश औपनिवेशिक विस्तारको विरुद्धमा समर्थन खोज्नु थियो।

प्रतिनिधिमण्डल

कूटनीतिक प्रतिनिधिमण्डलमा निम्न समावेश थिए:

  • कप्तान कीर्ति धोज पाण्डे (उपनेता)
  • रण विक्रम शाह
  • खरदार पूर्ण नन्द
  • वंशराज थापा (दोभाषे)
  • महिमान कार्की, अमृत महत, दल वीर खत्री
  • गजधर पाध्या, भाउ सिंह, याक्तबार (शक्तबार) जैसी
  • मम्मु मिया, भरिया नायक पद्म नारायण, गोठा राना, डम्बर थापा

यात्रा

मिसन १४ जुलाई १८३७ मा काठमाडौँबाट प्रस्थान गर्यो। पुष्कर शाहले यात्राभरि हिन्दू धार्मिक प्रचलनहरू कडाइका साथ पालना गरे, आफ्नै भान्सेले बनाएको खाना मात्र खाए र अरूले दिएको चिया अस्वीकार गरे। पेकिङ (बेइजिङ) आइपुगेपछि, प्रतिनिधिमण्डलले दाओगुआङ सम्राटसँग औपचारिक भेटघाट गर्‍यो।

राजनीतिक सन्दर्भ

यो मिसन नेपालमा राजनीतिक अशान्तिसँग मेल खायो, जसमा लामो समयदेखि प्रधानमन्त्री भीमसेन थापाको बर्खास्ती र कारावास समावेश थियो। पुष्कर शाहले मिसनको उद्देश्यहरू कायम राख्दै यी आन्तरिक चुनौतीहरूलाई सावधानीपूर्वक पार गरे। प्रतिनिधिमण्डल लगभग १४ महिनाको यात्रा पछि, चिनियाँ सम्राटको परवानासँगै २५ सेप्टेम्बर १८३८ मा काठमाडौं फर्कियो।

मुख्तियारी

मुख्तियार भीमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका रंगनाथ पण्डितले पनि वि.सं १८९५ भाद्रमा राजीनामा दिएपछि महारानी साम्राज्यलक्ष्मी देवीको जोडबलमा १८९६ चैतमा चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइएको थियो।

पुष्कर शाह अङ्ग्रेज पदाधिकारीका कट्टर विरोधी त थिएनन् । तर बृटिस कम्पनी सरकारका अङ्ग्रेज राजदूत बिएच हजसन यिनलाई अङ्ग्रेज पदाधिकारीका विरोधीका रुपमा गणना गरि आफ्नो सरकार समक्ष सन्देश पठाउँथे।

सैनिक विद्रोह

त्यतिबेला सैनिक तथा निजामती कर्मचारीलाई तलब बापत नगद दिने व्यवस्था थिएन । वार्षिक खान्कीका रूपमा उनीहरूले धान, चामल, कोदो आदि जिन्सी वस्तु पाउँथे । सरकारबाट उनीहरूलाई ‘तिर्जा’ अर्थात् बाली उठाउन पाउने अधिकारपत्र दिइन्थ्यो र त्यही अधिकारपत्र देखाएर सैनिक तथा निजामती कर्मचारीहरूले आ-आफ्नो खान्की आफैं उठाउँथे । तर, राजनीतिक अस्थिरताका कारण राज्यले उनीहरूलाई दुई वर्षदेखि ‘तिर्जा’ दिन सकिरहेको थिएन। खान्कीको सट्टा नगदमा तलब दिने तयारी भइरहेको थियो।

यसो गर्दा आफूहरूलाई घाटा हुने भन्दै नेपाली सेनाको कम्पु-पल्टनका सैनिक र अफिसरले विद्रोह गरे । वि.सं १८९७ असार १० मा टुँडिखेलको परेड मैदानमा जम्मा भएका कम्पु पल्टनका सैनिकले आफूहरूसँग रहेका गोलीगट्ठा परेड मैदानमा छोडेर उनीहरू खान्की खारेज गर्ने पक्षमा रहेका चौतारा पुष्कर शाह, राजगुरु रङ्गनाथ पण्डित, प्रसादसिंह बस्नेत, कपर्दार कुलराज पाँडे तथा करवीर पाँडे आदि सात जना प्रमुख भाइ भारदारहरूको घरमा जबर्जस्ती पसी सम्पूर्ण कागतपत्र अप्रत्याशित रूपमा जलाइदिए। यसै क्रममा उनीहरूले इन्द्रचोकमा रहेको राजगूरु रंगनाथ पाँडेको घरमा पसेर उनको निजी पुस्तकालयमा आगो लगाइदिए (अब यस्तो कहिल्यै नहोस्, पृ. ९५) । भनिन्छ- उनको पुस्तकालय त्यतिबेलाको वैभवशाली पुस्तकालय मध्येमा पथ्र्यो ।

पदावधी अन्त्य/ बर्खास्ती

सैनिक विद्रोहलाई शान्त पार्न राजा राजेन्द्रले टुँडिखेलमा गएर कम्पु पल्टनका सैनिकलाई सान्त्वना दिँदा राजा राजेन्द्रले अधिराज्यको आम्दानीको स्रोत घटेको मात्र चर्चा गरेका थिए। तर बृटिस कम्पनी सरकारका राजदुत बिएच हजसनले "राजा राजेन्द्र द्वारा टुँडिखेलमा रहेको परेडको मैदानमा कम्पनी सरकारका पदाधिकारी विरोधी वक्तव्य दिइएको थियो" भन्ने झुटो सन्देश पठाई कम्पनी सरकारका गभर्नर जनरल अक्ल्यान्डका तर्फबाट राजाको नाममा एउटा हप्कीको कडिकडाउ पत्र लेखाइदिए।

यस पत्रमा " नेपाल अधिराज्यमा हाल कार्यरत मन्त्रीहरूलाई हटाई यिनीहरूको बदलामा नयाँ मन्त्रीहरू नियुक्त गरिनु पर्छ" भन्ने सल्लाह समेत दिइएको थियो। राजा राजेन्द्र यस्तो पत्र आएपछि सुरुसुरुमा त अडिएर बसिरहेका थिए। तर यसको निम्ति दोश्रो ताकिता पत्र आएपछि राजाले धर नै पाएनन् र कम्पनी सरकारका पदाधिकारीहरूकै सल्लाहानुसार वि सं १८९७ कार्तिक १८ मा पुष्कर शाहलाई हटाई फत्यजङ्ग शाहलाई मुख्तियार नियुक्त गरियो।

मृत्यु

उनको मृत्यु १८९८ वैशाखमा भयो।

सन्तान

  • भिम बिक्रम शाह
  • रण बिक्रम शाह
  • बिर बिक्रम शाह
  • अम्बर बिक्रम शाह (१९३८ को घटनामा टेकुमा काटिएका )

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q5088375
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “पुष्कर शाह।” नेपाली विश्वकोश, ६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A5%81%E0%A4%B7%E0%A5%8D%E0%A4%95%E0%A4%B0_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9। हेरिएको: १२ नोभेम्बर २०२६।