नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

नीर शाह

नीर शाह नेपाली सिनेकलाकार हुन् ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ५९६ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

नीर शाह नेपाली सिनेकलाकार हुन् । नीर शाहको आवाज दमदार रहेकाले पनि उनी नेपाली सिनेजगतमा अझ प्रसिद्ध छन। उनलाई नेपाली चलचित्र इतिहासका प्रमुख अभिनेता र बहुआयामिक पहिचान भएका अभिनेता मानिन्छ। उहाँ नेपालको राजपरिवारसँग सम्बन्धित हुनुहुन्छ ।

एक अभिनेताको रूपमा

वर्ष शीर्षक भूमिका नोटहरू
१९८५ कुसुमे रुमाल Kusume Rumal
१९८५ प्रेम पिण्ड Prem Pinda
१९९५ नाता रगत को Nata Ragat Ko
१९९७ बलिदान Balidaan
२००० 2000 ढुक ढुकी Dhuk Dhuki
2000 Yo Maya Ko Sagar Abhayjan
2001 Badal Paree Arjun
2001 Siudo Ko Sindoor
2001 Jeevan Sathi
2001 Gaunthali
2001 Badal Paree
2002 Bakshis
2002 Baacha Bandhan
2003 Muna Madan
2008 Sano Sansar Police Officer
2008 Kismat
2010 The Flash Back: Farkera Herda Sirish's uncle
2014 Chha Yekan Chha Shreeman Judge
2015 Woda Number 6 Kaji
2018 Chhakka Panja 3 Kaji
2023 Chhakka Panja 4

सेवा

शाह नेपालको पहिलो टिभि स्टेशन नेपाल टेलिभिजन (NTV) को पहिलो प्रमुख र संस्थापक हुनुहुन्थ्यो र चलचित्र निर्माण र माइक्रोवेभ टिभी वितरण कम्पनी सांग्रिला टिभी (STV) का अध्यक्ष हुनुहुन्थियो। STV ले NTV को लागी धेरै कार्यक्रमहरु उत्पादन गर्यो र काठमाडौं उपत्यकामा केबल टेलिभिजन नेटवर्क पनि उपलब्ध गराएको थियो। नेपाली टिभि च्यानलहरू विदेशमा प्रसारण गर्ने युनाइटेड किंगडमस्थित फर्म ग्यालेक्सीमा शाहको ३३ प्रतिशत इक्विटी छ। निर्मल निकोलस पलसँग मिलेर उनले "८८८ फिल्म्स" नामक निर्माण कम्पनी स्थापना गरे, जसले नेपाली र हिन्दी चलचित्रहरू उत्पादन गर्छ। उनको अर्को कम्पनी नेशनल स्टुडियोले सिनेमा निर्माणका विभिन्न क्षेत्रमा तालिम दिन्छ। उनी फिल्म निर्माण कम्पनी न्यू सेन्चुरी पिक्चर्स प्रालिका मालिक पनि हुन्। शाह नेपालमा कलेज अफ जर्नलिज्म एण्ड मास कम्युनिकेसनको गभर्निङ काउन्सिलमा पनि कार्यरत छन् ।

"नेपाली कला संस्कृति र पर्यटन उद्योगको प्रवद्र्धन" मा गरेको योगदानको कदरस्वरुप सन् २००२ मा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट सम्मान गरिएको थियो।

उनी हाल लण्डनमा बस्छन् ।

शाही सम्बद्धता

उनका दुई दाजुमध्ये एक कुमार खड्ग विक्रम शाहको विवाह पूर्वराजा ज्ञानेन्द्र शाहकी तीन बहिनीमध्ये एक राजकुमारी शारदा शाहसँग भएको थियो। उनका दाजु र भाउजु दुवै सन् २००१ को कुख्यात शाही नरसंहारमा मारिएका थिए। उनका अर्का भाइ ललितविक्रम शाह हुन् ।

कलाकारिता

शाहले वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्देशित परिवर्तनबाट चलचित्रको यात्रा सुरु गरेका हुन्। करिब ३ सय चलचित्रमा सफल अभिनय गरिसकेका छन्। सुरुमा ७ सय रूपैयाँबाट अभिनययात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्।

चलचित्र निर्देशन

निर्माण र व्यवसायमा समेत सक्रिय शाह सफल गीतकार पनि हुन्। गीतकारको हैसियतमा यसै वर्ष उनले छिन्नलता पुरस्कार पनि पाए। शाहले निर्देशन गरेका चलचित्रहरूः

नीर शाहले अभिनय गरेका चलचित्रहरु

  1. घाम छाय
  2. प्रियसी
  3. प्रेमपिण्ड
  4. धुकधुकी
  5. सिउदोको सिन्दुर
  6. सगुन
  7. पुकार
  8. आँखा लोभी मन पापी
  9. साथी
  10. जीत
  11. बुहारी
  12. काहाँ भेटिएला
  13. छबिलाल कन्जुस छैन

राजनीति

शाह नेपाली कांग्रेसमा पनि आवद्ध छन् । यसअघि नेकपा (माओवादी केन्द्र) निकट रहेका मिनेन्द्र रिजाल सञ्चारमन्त्री हुँदा नेपाल टेलिभिजनको निर्देशक बनेपछि उनी नेपाली कांग्रेससँग नजिक भएका थिए ।

बाहिरी लिङ्कहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q6986918
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “नीर शाह।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%80%E0%A4%B0_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9। हेरिएको: १२ नोभेम्बर २०२६।