डा. तुलसी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएको व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएको थिए। पछि यिनी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।
उनी नेपालमा "पन्चायत ब्यबस्थाको जननी" मनिन्छन्र। सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन्।३४ वर्षको उमेरमा नेपालको प्रधानमन्त्री बनेका गिरी नेपाली राजनीतिक इतिहासमा कान्छा प्रप्रधानमन्त्रीका रूपमा समेत चिनिनुहुन्छ। २०१७ सालमा तत्कालिन राजा महेन्द्रले निर्बाचित सरकार अपदस्थ गरेपछि बिपी कोइरालालाई हटाएर गिरीलाई पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो। त्यसको ४ वर्ष पछि २०२१ सालमा गिरी दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो।
राजा महेन्द्रलाई सहयोग गरेका उनले राजा विरेन्द्रको ३६ सालमा जनमत सङ्ग्रहमा असहमति जनाउँदै श्रीलङ्कातिर लागेका थिए। उनी लामो समय देखि बिदेशमा बस्दै आएका थिए, नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन्। राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए।
बरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि अविचलितरूपमा राजतन्त्रका पक्षधर रहे।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q2510568
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “तुलसी गिरी।” नेपाली विश्वकोश, २८ अगस्ट २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A5%81%E0%A4%B2%E0%A4%B8%E0%A5%80_%E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). तुलसी गिरी. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A5%81%E0%A4%B2%E0%A4%B8%E0%A5%80_%E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A5%80
@misc{ne_670,
title = {तुलसी गिरी},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A4%E0%A5%81%E0%A4%B2%E0%A4%B8%E0%A5%80_%E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A5%80}},
year = {2026},
note = {Accessed 2026-11-12}
}