मिथिलाका कर्णवंश वा कर्णाट वंश १०९७ ईस्वीमा नान्यदेवद्वारा स्थापित राजवंश थियो। यस राजवंशले आजको भारतको बिहार र दक्षिण पूर्वी नेपालको छेउछाउका भागहरूमा तिरहुत वा मिथिला भनेर चिनिने क्षेत्रहरूलाई नियन्त्रण गर्थ्यो। कर्णवंशहरूको मुख्य शक्तिकेन्द्र सिम्रौनगढ किल्ला थियो जुन भारत-नेपाल सीमामा अवस्थित थियो। गंगादेवको शासनकालमा दरभंगा शहर पनि दोस्रो राजधानी बन्यो।
वि. सं. ११५४ मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पूर्वी तराईको बारा जिल्ला हालको कलैया भन्दा दक्षिणमा पर्छ। नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। नान्यदेवपछि गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव, हरिसिंहदेव राजाहरूले सवा दुईसय वर्षसम्म राज्य गरे।
वि.सं. १३८१ मा दिल्लीका वादशाह गयाशुद्धिन तुगलकले डोयराज्यमा आक्रमण गरी डोय राज्य ध्वस्त पारेपछि सातौँ राजा हरिसिंहदेव राज्य छोडी भागे। हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्करलाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तिशाली राज्य थियो भन्ने कुरा उसले बेला बेलामा उपत्यकामा आक्रमण गरी कर असुली गरेर फर्किने गरेकोबाट पनि थाहा हुन्छ।
राजाहरू
| राजा | शासनकाल | ||
|---|---|---|---|
| नान्यदेव | वि सं ११५४ | १२०५ | |
| गङ्गादेव | वि सं १२०५ | १२४५ | |
| नरसिंहदेव | वि सं १२४५ | १२८४ | |
| रामसिंहदेव | वि सं १२८४ | १३२९ | |
| शक्तिसिंहदेव | वि सं १३२९ | १३६१ | |
| भूपालसिंहदेव | १३६१ | १३६१ | |
| हरिसिंहदेव | वि सं १३६१ | १३८१ | |
ऐतिहासिक स्थल तथा दृष्टिकोण
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q12418527
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८५/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “कर्णाट वंश।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%BE%E0%A4%9F_%E0%A4%B5%E0%A4%82%E0%A4%B6। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). कर्णाट वंश. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%BE%E0%A4%9F_%E0%A4%B5%E0%A4%82%E0%A4%B6
@misc{ne_811,
title = {कर्णाट वंश},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%BE%E0%A4%9F_%E0%A4%B5%E0%A4%82%E0%A4%B6}},
year = {2026},
note = {Accessed 2026-11-12}
}